arrow

टिकटक प्रतिबन्ध विरूद्धको रिटमा आजबाट सुनवाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
TikTok-logo-720.jpg

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आजबाट सुनवाई हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनवाई हुन लागेको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन अर्थात् मंसिर १ गते सर्वोच्च अदालतमा १० ओटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि आजका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको थियो ।

शनिबार तथा आइतबार छठ पूजाको सार्वजनिक बिदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

सरकारको निर्णय गैरकानूनी एवं गैरसंवैधानिक, वदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ