arrow
ADVERTISEMENT

भीड उत्तेजित पारेको आरोपमा प्रसाईका समर्थकहरु धमाधम नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
ganatantra-bidodhi-2080-08-.jpg

काठमाडौँ । भीड उत्तेजित पारेको आरोपमा दुर्गा प्रसाईका समर्थकहरु विभिन्न स्थानबाट पक्राउ परेका छन् । आन्दोलनको दोस्रो दिन आज काठमाडौँको तीनकुनेमा भेला हुन लागेका प्रसाईका समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

करिब एक दर्जन पक्राउ परेको जनाइएको छ । 

गणतन्त्रको विरोध गर्दै नागरिक बचाउ अभियान अन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि भेला भएका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो । 

हिजो बल्खुमा प्रदर्शन गरेका प्रसाईले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । तर काठमाडौँ जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको थियो । 

उसले शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत विज्ञप्ति जारी गरी दिएको थियो ।

प्रहरीले भीड उत्तेजित पार्न खोजेकाले पक्राउ गरिएको भन्दै त्यस्ता गतिविधिहरु गरेको शंका लागेमा जहाँ पनि जसलाई पनि पक्राउ गर्न सकिने जनाएको छ । 

तीनकुनेमा सरक्षा व्यवस्था कडा पारिएको छ । 

यता प्रसाईले भने आफ्नो आन्दोलन नरोकिने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ