arrow

‘म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
trolley-bus-2080 (12).jpg

काठमाडौँ । कैलालीबाट पासपोर्ट बनाउन आएका सूर्यबहादुर थापालाई त्रिपुरेश्वरको बाटो हिँड्दा सडकको छेउँहरुमा ठूलो ठूलो अनौठो लाग्ने पोलहरु देख्दा केको हो भन्ने लागेको थियो । उनले त्यही कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए र अझै पनि चल्छ र ? भन्दै सोधे ।

उनले ‘इतिहास भयो ट्रलिबस कुनै बेला थियो भाइ’ भनेर हाँसेर उडाइदिए । हो पनि । थापा जस्तै त्रिपुरेश्वरको बाटो हिँड्नेलाई ती ठूला ठूला प्रयोगविहीन पोलहरु देख्दा केको हो भन्ने नै लाग्ने गर्दछ ।

काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायकमा कुनै समय ट्रलिबस गुड्थ्यो । 

चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलिबस निर्माण गरिएको थियो । 

ट्रलीबस निर्माण भएको १२ वर्षसम्म निर्वाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म बन्द हुने अवस्थामा आइसकेको थियो । 

ट्रलिबसमा कोचाकोच आवतजावत गरेको अहिले तस्बिरमा मात्र सीमित छ । 

बीचमा बन्द भएको ट्रलिबस पछि सन् २००१ सम्म आंशिक रुपमा चलेको थियो । तर सन् २००८ पछि घाटा भएको कारणले पूर्णरुपमा बन्द भयो । 

‘म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ । मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाड हलमा थन्किएका ३२ ओटा ट्रलिबसमा कोरिएको यो वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ । 

बसका सबै पार्टपुर्जालाई खिया लागिसकेको अवस्था छ । विद्युतीय ट्रलिबस साँच्चै नै अब इतिहास बनेको छ ।

३३ वर्षसम्म काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रलिबस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा छैन । 

नेपाल फोटो लाइब्रेरीबाट कैद गरिएका अहिलेको अवस्थामा रहेका ट्रलिबस र सम्बन्धित भग्नावशेषहरु–

trolley-bus-2080 (1).jpg
trolley-bus-2080 (2).jpg
trolley-bus-2080 (3).jpg
trolley-bus-2080 (4).jpg
trolley-bus-2080 (5).jpg
trolley-bus-2080 (6).jpg
trolley-bus-2080 (7).jpg
trolley-bus-2080 (8).jpg
trolley-bus-2080 (9).jpg
trolley-bus-2080 (10).jpg
trolley-bus-2080 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ