arrow

रोड्रिगोले आफूमाथि रङ्गभेदी दुर्व्यवहार भएको भन्दै पोखे आक्रोश 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
messi-rodrigo-brazil-argentina.jpg

काठमाडौँ । ब्रजिलियन फुटबल फरवार्ड रोड्रिगोले अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीसँगको विवादपछि आफूमाथि रङ्गभेदी दुर्व्यवहार भएको बताएका छन् । 

उनले आफूमाथि सामाजिक सञ्जालमा रङ्गभेदी दुर्व्यवहार भएको बताएका हुन् ।

दुवै जना खेलाडी विश्वकप छनोटमा रिय दि जेनेरियोमा उत्रिएका थिए । करिब ३० मिनेट ढिला शुरु भएको खेलमा पुलिस र पाहुना टोलीका समर्थकबीच झडप भएको थियो ।

रोड्रिगोले सो खेलपछि आफूले बाँदर र केराहरुको संकेत सामाजिक सञ्जालमा प्राप्त गरेको बताएका छन् । 

‘मेरो समाजिक सञ्जालमा अपमानको बाढी आएको छ’ रोड्रिगोले इन्टाग्राममा लेखेका छन् ।

‘कामको बेला सधै रङ्गभेदी व्यवहार देखिन्छ । उनीहरुका लागि यो दुर्भाग्य हो । हामी रोकिने छैनौँ’ उनले भनेका छन् ।

अर्जेन्टिनाका केही खेलाडीद्धारा माराकाना रंगशालामा बढ्दो तनावलाई शान्त गर्ने कोसिस गर्नुअघि मेस्सीसँग ब्रजिलियन कप्तान माकिन्होस र रोड्रिगोले छलफल गरेको देखिएको थियो ।

उक्त घटनाको फिफाले छानबिन शुरु गरेको जनाएको छ ।

निकै ढिला गरेर विश्वकपको छनोट अघि बढेको थियो । जसमा अर्जेन्टिनाले १–० को जित निकालेको थियो ।

निकोलस ओडामेन्डीले ६३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । ब्रजिलका जोलिन्टोनले ८१ औँ मिनेटमा रातो कार्ड खाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ