arrow

निर्धारित मितिमै महाधिवेशन हुुनुपर्ने कृष्ण सिटौला पक्षधर तरुण दल नेताहरुको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
tarun-dal-sitauala.jpeg
काठमाडौं। काँग्रेस नेता कृष्ण प्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने माग गरेका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अब कुनैपनि बहानावाजी, छलछाम र षडयन्त्रका तानाबुना नबुनी स्वतन्त्र र पारदर्शी ढंगले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न जोडदार माग गरेका छन्। 
 
पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य नारायणप्रसाद भट्टराईले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने बताउँदै संगठनको परिपाटीलाई खलबल्याउँदा कसेको हित नहुने स्पष्ट पारे। 
 
उनले भने,‘विधिवत महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो जोडदार माँग छ, पार्टीले नै गठन गरेको निर्देशक समितिको सर्वसम्मत् निर्णयले नै मिति तय भएको हो, तरुण दलको नेतृत्वको एकल निर्णयबाट भएको होईन, त्यसैले यो मितिलाई अब सार्ने काम गर्नुहुँदैन्।’
 
भट्टराईले आफूहरु निर्वाचनको पक्षमा रहेको भन्दै टिके प्रथा कुनै हालतमा लाद्न नदिने उद्धघोष गर्दै भने,‘पर्दा पछाडिबाट नियोजित स्वार्थ पूरा गर्ने नियत पूरा हुन दिन्नौं, हामी प्रजातान्त्रिक अभ्यासको पक्षमा छौं, त्यो भनेको निर्वाचनबाटै नयाँ नेतृत्व आउनुपर्छ ।’ यद्धपी उनले निर्वाचन पारदर्शी हुनुपर्नेमा जोड दिए। उनले भोलि आउने परिणामबाट डराएर पछि हट्न कुराले संगठनको भलो हुनै नसक्ने भन्दै महाधिवेशन सफल रुपमा सम्पन्न गर्न लागि पर्नुपर्ने बताए। 
 
कार्यक्रममा केन्द्रिय सदस्य दिनेश राईले तरुण दलको चौथो महाधिवेशन गर्ने सिलसिला प्रारम्भ भएको २ वर्ष नाघिसकेको बताउँदै निर्वाचन भाँडेर टिके प्रथामा जाने चिन्तनले आम तरुणहरुमा निराशा छाएको गुनासो पोखे।
 
उनले थपे,‘आज विभिन्न बहानावाजीको नाममा बबण्डर गर्नेहरु हिजो उनीहरुलाई संगठनले दिएको जिम्मेवारी पूरा गर्न नसक्नेहरु हुन्, त्यसैले उनीहरु महाधिवेशनबाट डराईरहेका छन्।’
 
त्यस्तै पूर्व सचिव उत्तम चापागाँईले आफू अध्यक्ष हुने भए अथवा आफूले चाहेको मान्छे हुने भएमात्रै महाधिवेशन हुन दिने नभएर हुन नदिने भन्ने कुरा सर्वथा अमान्य कुरा भएको टिप्पणी गरे। उनले विवाद रहेका जिल्लाहरुको विवाद मिलाएर भएपनि समयमै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए।  अर्का केन्द्रिय सदस्य जीवन डंगोलले पनि निर्धारित मितिमै हुनुपर्नेमा जोड दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ