arrow

पोखरा लेडी जेसिसमा गायत्री फुँयाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
Pokhara leady jyces.jpg

पोखरा । पोखरा लेडी जेसिसको अध्यक्षमा गायत्री फुँयाल निर्वाचित भएकी छन् । उनी जेसिसको वर्ष २०२४ का लागि निर्वाचित भएकी हुन् ।

पोखरा लेडी जेसिसको हालै सम्पन्न ३० औं शाखा अधिवेशन तथा ३५ औं वार्षिक साधारणसभाले फुँयाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यसैगरी संस्थाको कार्यकारिणी उपाध्यक्षमा सुनिता गौतम भण्डारी निर्वाचित हुँदा सचिवमा नन्दकुमारी ढुंगाना (गीता) मनोनित भएकी छन् ।

यसैगरी कानूनी सल्लाहकारमा अनिता खड्का र कोषाध्यक्षमा सिर्जना आले निर्वाचित भएको बताइएको छ ।

संस्थाको तीन उपाध्यक्षमा रेजिना कटुवाल, रीता पाण्डे र सगुन पौडेल निर्वाचित भएका छन् ।

यस्तै, निर्देशकहरुमा ईन्दिरा तिमिल्सिना, सरिता गोदार, गीता कुमारी सुवेदी र ईन्द्रेणी चालिसे रहेका छन् ।

पोखरा लेडी जेसिसले महिला तथा बालबालिका, सामाजिक र शैक्षिक लगायतका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ