arrow

छट पूजामा सहभागी हुन राष्ट्रपति भण्डारी कमलपोखरीमा

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
Bidhya-Devi-Bhandari.jpg.jpeg.jpeg
काठमाडौं । छट पूजामा सहभागी हुनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी कमलपोखरी पुगेकी छिन् । आइतबार छठ पर्वको मुख्य दिन  साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । 
 
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । 
 
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । 
 
उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 
 
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ