arrow

सामाजिक न्यायको आधार सामाजिक सुरक्षा कार्यक्रम [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
samajik-surakchaya-karyakra.jpg

काठमाडौँ । सामाजिक सुरक्षा कोषले छैटौँ सामाजिक सुरक्षा दिवस कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको बताए । 

उनले यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भएको पनि बताए । हो ।”

प्रधानमन्त्रीले शुरुआती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचारलगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा सुविधा थप गर्दै योगदानकर्ताका परिवारलाई नै स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकामा आफूलाई खुशी लागेको उल्लेख गरे । उनले स्वास्थ्यमा सबैको सहज पहुँच पुर्याउन यसप्रकारका कार्यक्रम एक उत्कृष्ट नमूना बन्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्रीले सम्पूर्ण नेपाली नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाका रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप सामाजिक सुरक्षालाई सङ्घ वा प्रदेशको मात्र नभई स्थानीय तहको समेत दायित्वका रुपमा लिँदै स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्ने गरी कानूनी आधार तयार पारिएको प्रधानमन्त्रीको भनाइ छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले सरकारी क्षेत्रमा रहेका अस्थायी, ज्यालादारी, करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । 

सामाजिक सुरक्षा कोषमा हालसम्म नौ लाख २८ हजार ४५३ व्यक्ति र १८ हजार ४३९ संस्थाहरु आवद्ध भएका छन् । 

सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरेको छ । सोहीअनुसार आज सामाजिक सुरक्षा दिवस मनाइएको हो । 

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, अतिरिक्त योगदान र प्रतिफल गरी ६ सुरक्षा योजना मानिसहरू जोडिएको बताएको छ ।

सो क्रममा विभिन्न रोजगार दाताहरुलाई सम्मानसमेत गरिएको थियो । 
 

samajik-surakchaya-karyakram-2080 (1).jpg
samajik-surakchaya-karyakram-2080 (2).jpg
samajik-surakchaya-karyakram-2080 (3).jpg
samajik-surakchaya-karyakram-2080 (4).jpg
samajik-surakchaya-karyakram-2080 (5).jpg
samajik-surakchaya-karyakram-2080 (6).jpg
samajik-surakchaya-karyakram-2080 (7).jpg
samajik-surakchaya-karyakram-2080 (8).jpg
samajik-surakchaya-karyakram-2080 (9).jpg
samajik-surakchaya-karyakram-2080 (10).jpg
samajik-surakchaya-karyakram-2080 (11).jpg
samajik-surakchaya-karyakram-2080 (12).jpg
samajik-surakchaya-karyakram-2080 (13).jpg
samajik-surakchaya-karyakram-2080 (14).jpg
samajik-surakchaya-karyakram-2080 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ