arrow

प्रभु साह भने- मुलुकको निकासका लागि वर्तमान सरकार विघटन गर्नु नै सही [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
prabhu-saha-2080.jpg

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन् ।

मुलुकलाई सङ्कटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको जिकिर थियो । 

सोमबार काठमाडौँमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले बिचौलिया र दलालहरूको हिस्साको रूपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहोर्‍याए । 

उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे । 

अध्यक्ष साहले सरकारले मिटरबाजीको नाममा भ्रष्टाचार र घुस खोरीलाई बढवा दिएको उल्लेख गर्दै त्यस विरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ