arrow

छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
sipradi-ssf-fund-rewarded-2080.jpg

काठमाडौँ। नेपालकै प्रतिष्ठित ब्राण्ड एवं अटोमोटिभ र एलाइड व्यवसायमा संलग्न कम्पनी सिप्रदी ट्रेडिङ प्राली छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मानित भएको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको पाँच वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरूमध्ये आव २०७९-८० मा योगदानकर्ताहरूको सङ्ख्याको आधारमा सिप्रदी ट्रेडिङ प्राली उत्कृष्ट हुन सफल भएको हो।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।

सिप्रदी ट्रेडिङ प्रालि अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरू तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा अगाडि बढिरहेको कम्पनी हो। साथै एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायर लगायतको पनि वितरक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ