arrow

डिशहोम फाइबरनेटको १२ महिने योजना अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
saandaar-12-mahine-image.jpg

काठमाडौँ  । डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट गरेको छ । यस अफरअन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र रु.६,६८५-/(भ्याट बाहेक)मा जडान गर्न सक्ने डिसहोमले जनाएको छ । 

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।  यसअघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य रु.७,७९९/- पर्ने गर्दथ्यो । 

यो सान्दार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने डिसहोमले जनाएको छ । 

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।  

यसअघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मुल्य रु १०,४९९/- (भ्याट बाहेक) पर्ने रहेको छ ।  

थप जानकारीको लागि आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ