arrow

घाँसीकुवामा बस दुर्घटना (अपडेट) : दुई जनाको मृत्यु, ३६ घाइते मध्ये नौ गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
Bus accident tanahun.jpg

पोखरा । तनहुँको घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटाका २४ वर्षका हस्त राई र ठेगाना नखुलेका ५० वर्षका टोपबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीप कुमार हुमागाईँले दिएको जानकारी अनुसार दुवै जनाको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो । 

उनका अनुसार ३६ घाइते मध्ये नौ जना गम्भीर छन् । 

उनीलाई थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ । 

धरानबाट पोखरा आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस आज बिहान व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवामा दुर्घटनामा परेको थियो । 

बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो । 

दुर्घटनामा ३६ जना घाइते भएकामा केहीको जिल्ला अस्पताल र केहीको रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक हुमागाईँले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ