arrow

नवलपुरमा जन्ती बोकेको स्कार्पियो दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
scarpio-accident.jpg

कावासोती । नवलपुरमा जन्ती बोकेको स्कार्पियो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्डमा पर्ने मध्यविन्दु नगरपालिकाको वडा नं १० को सानो खहरे भन्ने स्थानमा स्कार्पियो दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

काठमाडौँबाट कपिलवस्तु जाँदै गरेको बा १५ च ८०६८ नं.को आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा स्कार्पियोका चालक कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं १ का देवराज गिरी र रुपन्देही सैनामैना नगरपालिका वडा नं १ का टिकाराम भट्टराई घाइते भएका छन् ।

उनीहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ