arrow

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेस, अस्थायी टहरा बनाउँदै अजयबाबु शिवाकोटी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
ajayababu-shiwakoti-earthquake-2080.jpg

काठमाडौँ । नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी यतिबेला भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेका छन् । 

उनले मंगलबारदेखि निरन्तर भूकम्प पीडितका लागि अस्थायी टहरा बनाइरहेका छन् । रुकुम पश्चिम आठविसकोट १४, ज्यामिरेकोट पूर्ण गाउँमा उनले अस्थायी आवास (टहरा) बनाइरहेका हुन् । 

नेपाली कांग्रेसले यसपालि जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ । 

सोही क्रममा शिवाकोटीले आफ्नो भूमिका निभाएका हुन् । सायदै यसरी उनले आफ्ना लागि घरका टहरा वा गाईवस्तु पाल्ने गोठ वा अन्य कुनै प्रयोजनका लागि छाप्रा वा टहर बनाए होलान् । 

तर पार्टीको काम भनेको नितान्त समाजसेवा भएको बुझेका शिवाकोटीले व्यक्तिगत परिस्थितिलाई थाँती राखेर आफ्नो राजनीतिक कर्मलाई निखारता दिएका हुन् । 

उनले त्यहाँ भएका सिकर्मीहरुसँग तालमा ताल मिलाइरहेका छन् । शिवाकोटीले शुक्रबारसम्म १५ ओटा टहरा बनाएर हस्तान्तरण गर्ने बताए ।

युवा नेताहरुको सफल प्रयोग 

कांग्रेसमा युवाले नेतृत्व सम्हाल्नुपर्छ भन्दै आवाज उठाउन थालेको लामो समय भइसकेको छ । तर अवसर नै नपाएको गुनासो युवाले गर्दै आएकामा यसपालि गरिएको प्रयोग निकै नै सफल भएको प्रमाणित भएको छ । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले पारेको असरपछि उद्धार, राहत र पुनःनिर्माणमा कांग्रेसको युवा नेतृत्वले सम्हालेको काम र त्यसको सफलताको चर्चा भइरहेको छ । 

यसपालि कांग्रेसको केन्द्रीय नेतृत्वले युवालाई भूकम्प पीडितको उद्धार, राहत र पुनःनिर्माणमा युवालाई अगाडि बढायो । भूकम्पले क्षति पुर्याउनासाथ स्थानीय कांग्रेसका युवा नेताहरुले अगुवाइ गर्दै छिटोभन्दा छिटो उद्धार गर्न सफल भए । भूकम्प गत कार्तिक १७ गते राति ११ः४७ बजे गएको थियो । राति नै भए पनि १२ः३० बजेपछि नै कांग्रेसका युवाहरु उद्धारमा खटिएका थिए । 

मृतकको शव संकलन, पुरिएकाहरुको उद्धार, घाइतेहरुलाई अस्पतालसम्म पुर्याउने व्यवस्था लगायतका काममा कांग्रेसका युवाहरुले स्थानीय प्रशासन सँगसँगै स्वतस्फूर्त सघाउन खटिएकाहरुसँग सहकार्य गरेका थिए । 

साथै कांग्रेस अर्को दिनदेखि नै राहत वितरणको काममा सक्रिय भएको थियो । संघीय सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने हो भने कोही पनि काखा पाखा हुनु नपर्ने नीति ल्याएपछि सरकारमा संलग्न कांग्रेसले त्यसमा सक्रियता देखाउन थाल्यो । 

भूकम्पको अवस्था बुझ्न र कसरी त्यसलाई व्यवस्थित गरेर पीडितको दैनिकी सहज गराउन सकिन्छ भनेर महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीले खटायो ।

सँगसँगै केन्द्रीय सदस्य गोविन्द पोखरेल पनि रहेका थिए । विभिन्न सात बुँदामा आधारित रहेर उनीहरुले अवस्था संकलन गरे । त्यहाँ बसुन्जेल सक्रिय भएर अस्थायी टहरा बनाउन मद्धत गरे । 

यो टोलीले भूकम्प प्रभावित क्षेत्रको सम्पूर्ण वस्तुस्थिति बुझेर तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कदमहरु बारेमा पार्टी सभापति शेरबहादुर देउवा सँगसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव पत्र बुझायो । 

पालमा बसेर हुँदैन तत्काल राहत दिनुपर्छ भनेर आउँदा आउँदै गगन–विश्वप्रकाशले बुझाएको सुझाव पत्रका आधारमा नै सरकारले सरकारले शुरुआतमै अस्थायी टहराका लागि ५० हजार रुपैयाँ सिधै पीडितको हातमा दिने व्यवस्था गरेको छ । 

त्योसँगै कांग्रेसले एकद्धार प्रणाली अन्तर्गत सबैभन्दा पहिले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । भूकम्प गएको अर्को दिन नै कांग्रेसले भूकम्प पीडितलाई सघाउने बताएको थियो । 

सोही अनुसार सरकारलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्यो ।

त्यतिमात्र मात्रै व्यक्तिगत रुपमा नेताहरुले सहयोग गर्ने क्रम रोकिएको छैन । पार्टी सांसदहरुको १५ दिनको तलबसमेत भूकम्प प्रभावित क्षेत्रमा दिने निर्णय गर्यो । 

त्यसपछि कांग्रेसले एक हजार अस्थायी आवास बनाइदिने घोषणा गर्यो । जसअनुसार कांग्रेसले युवा नेताहरुलाई प्रभावित क्षेत्रमा खटायो । 

पहिलो चरणमा युवा नेता प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले एक सय अस्थायी आवास बनाएर हस्तान्तरण गरिसकेका छन् ।

पौडल फर्के पनि प्राविधिक टोलीले भने निरन्तर काम गरिरहेको छ । त्यसका साथै कांग्रेसले केन्द्रबाट अर्को टोली पनि खटाएको छ । उक्त टोली जाजरकोटका ७ तथा रुकुम पश्चिमका चार पालिकामा खटाएको छ । 

त्यस अन्तर्गत नै अजयबाबु शिवाकोटीसहितका केन्द्रीय सदस्यहरु खटिएका हुन् । जसमा जाजरकोटको बारेकोट गाउँपालिकामा गोविन्दबहादुर शाह, त्रिवेणी नलगाड नगरपालिकामा योगेन्द्र चौधरी, शिवालय गाउँपालिकामा राजीव ढुंगाना, जुनिचाँदे गाउँपालिकामा कुन्दनराज काफ्ले, कुसे गाउँपालिकामा इन्जिनियर मोहन आचार्य, भेरी नगरपालिकामा उमेशजंग रायमाझी र छेडागड नगरपालिकामा नैनसिंह महर खटिएका छन् । 

त्यस्तै रुकुम पश्चिमका चौरजहारी नगरपालिकामा आङगेलु शेर्पा भए पनि उनी गएका छैनन् । सानोभेरी गाउँपालिकामा गुरु बरालले अस्थायी टहरा सम्पन्न गरेर हस्तान्तरणसमेत गरेका छन् । अस्थायी टहरा बनाउने क्रम निरन्तर छ । स्थानीय नेताहरु पनि नियमित रुपमा यही काममै खटिएका छन् । 

केन्द्रबाट गएका नेताहरु आफैँ नै फिल्डमा उत्रिएर काममा सघाइरहेका छन् । सहमहामन्त्री जीवन परियारले मंसिर भित्रमै कांग्रेसले घोषणा गरेका एक हजार टहरा बनाउने काम सम्पन्न हुने दाबीसमेत गरेका छन् । 

ajayababu-shiwakoti-2080-08-14 (1).jpg
ajayababu-shiwakoti-2080-08-14 (2).jpg
ajayababu-shiwakoti-2080-08-14 (3).jpg
ajayababu-shiwakoti-2080-08-14 (4).jpg
ajayababu-shiwakoti-2080-08-14 (5).jpg
ajayababu-shiwakoti-2080-08-14 (6).jpg
ajayababu-shiwakoti-2080-08-14 (7).jpg
ajayababu-shiwakoti-2080-08-14 (8).jpg
ajayababu-shiwakoti-2080-08-14 (9).jpg
ajayababu-shiwakoti-2080-08-14 (10).jpg
ajayababu-shiwakoti-2080-08-14 (11).jpg
ajayababu-shiwakoti-2080-08-14 (12).jpg
ajayababu-shiwakoti-2080-08-14 (13).jpg
ajayababu-shiwakoti-2080-08-14 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ