arrow

एट्टिक रेष्टुरेष्ट र सिटी एक्सप्रेसबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
city-express-2080-08-15.jpg

काठमाडौँ । नेपालको हस्पिटालिटी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनिज् र सिटी वालेटबीच बिहीबार एक सम्झैतापत्रमा हस्ताक्षर भएको छ ।   

सम्झैता पत्रमा एट्टिक रेष्टुरेन्टकी बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्ट र सिटी एक्सप्रेस ग्रुप अफ कम्पनिज्का तर्फबाट सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले हस्ताक्षर गरेका छन् । 

सम्झौतामा दुवै कम्पनीले आफ्ना कर्मचारी र ग्राहकलाई उचित मूल्यमा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने उल्लेख छ । साथै सिटी एक्सप्रेस ग्रुप अफ कम्पनिज्को मान्यता प्राप्त ग्राहकलाई एट्टिक रेष्टुरेन्टमा १० प्रतिशत छुट दिइने सिटी एक्सप्रेसले गरेको छ । 

दुवै कम्पनीले आगामी दिनमा सञ्चालन गर्ने सामाजिक कार्यहरुमा एक अर्काको प्रबद्र्धन गर्ने र दुई पक्षबीच हातेमालो गरी अघि बढ्ने सहमति गरेका छन् । 

‘नेपाली वित्तीय क्षेत्रको एक प्रतिष्ठित संस्थासँग मिलेर काम गर्न पाउँदा हामी खुशी छौं । आगामी दिनमा एक अर्काले आयोजना गर्ने कार्यक्रममहरुमा पनि सहकार्य हुने आशा गर्दछु, मलाई आशा छ कि यो सहकार्यले हाम्रा ग्राहकहरूलाई एकै ठाउँमा उभ्याउनेछ’, सम्झौता पत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेष्टुरेन्टका बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्टले बताए । 

सिटी एक्सप्रेस ग्रुप अफ कम्पनिज्ले चाँडै नै सिटी वालेट नामक प्रतिस्पर्धात्मक डिजिटल वालेट सेवा शुरू गर्दैछ । सिटी वालेट बजारमा आएपछि ग्राहक वर्गलाई आगामी दिनमा आर्थिक कारोबारमा सहज हुने अपेक्षा गरिएको छ । 

‘कर्पोरेट बैठकहरूको लागि एटिक रेष्टुरेष्ट सदैव पहिलो गन्तव्य भएको हो । र नेपाली हस्पिटालिटी क्षेत्रको एक अग्रणी संस्थ एट्टिक रेष्टुरेष्टसँग मिलेर काम गर्न पाउँदा धेरै खुशी छौँ । सिटी ग्रुपले हाम्रा ग्राहकहरूलाई पैसाको कारोबार गर्न सजिलो बनाउन सिटी वालेट सेवा शुरु गर्दैछ । र, उनीहरूलाई आजको बजारमा उपलब्ध उत्कृष्ट सेवाहरू प्रदान गर्नेछ’, सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।  


 



नयाँ