arrow

बालकृष्ण खाँड छुट्ने कि नछुट्ने भन्ने फैसला आउँदै, अदालतमा भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
balkrishna-khand-police-custody-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसला आउन लागेको छ ।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसला आउने सम्भावना रहेको जनाइएको छ ।
 
अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाँड लगायतको मुद्धामा केही बेरमा फैसला आउन लागेको हो ।

आज आउने फैसलाले खाँडलगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । उच्च अदालतमा अहिले भीड बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ