arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँड धरौटीमा रिहा हुन पाएनन्, न्यायाधीशको राय बाझियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
balkrishna-khand-arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड धरौटीमा रिहा हुन पाएनन् । आज यो प्रकरणमा मुछिएकाहरु धमाधम धरौटीमा रिहा हुन पाएकामा खाँडको हकमा न्यायाधीशको राय बाझिएको हो । 

उनको रिहाइको हकमा दुई जना न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशले मुद्दा हेर्ने भएका छन् । न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन नसकेका हुन् । 

दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् सोही अनुसार फैसला हुने पाटन उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।

खाँड पनि रिहा हुने प्रवल सम्भावना रहेको बताइँदै आएकामा राय बाझिएसँगै तत्काललाई उनको रिहाइ टलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ