arrow

अटोरिक्सा सञ्चालनका लागि रुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
Beni nagarpalika.jpg

बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । 

नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।

नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो । 

बिहीबार नगरप्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा-४ तातोपानीको पखेर जोड्ने फापरखेतको पुलसम्म, बेनपा-९ गलेश्वरको बेलीब्रिज, बेनपा-६ अर्थुङेको ढलान, बेनपा-२ र ३ को सिमान ढूधेखोलासम्म नयाँ रुट तय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले जानकारी दिए । 

अटोरिक्सा कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले रुट निर्धारण गरिएको भन्दै रुटबाहेक सञ्चालन गरेमा जरिवाना गरिने नगरपालिकाले जनाएको छ । 

अटोरिक्साका लागि कायम गरिएका रुटमा नगरपालिकाबाट इजाजत लिएर मात्रै सञ्चालन गरिने बताइएको छ । अटोरिक्सामा सवार गर्दा प्रतिकिलोमिटर रु साढे सात भाडासमेत निर्धारण गरिएको छ । 

कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी नियमित अनुगमन गरी रिक्साका चालकलाई सचेत बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए । 
 
नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि बनाएकाले नियमसम्मत तरिकाले सञ्चालन गर्न चालकलाई अनुरोध गरिएको नगर प्रमुख केसीले बताए । उनले तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा कारबाही गर्नेसमेत बताए । 

बेनी नगरपालिकाभित्र १० अटोरिक्सा सञ्चालनको अनुमति भए पनि हालसम्म छवटाको नम्बर कायम गरिएको छ । 
चारवटाको रुट कामय गरिने नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ