arrow

कोप–२८ सम्मेलन

यूएईमा प्रचण्डले भने – पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
prachanda-uae-2080-08-16-(1.jpg

यूएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा शनिबार उनले हिमालका मुद्दा सम्बन्धमा आयोजना गर्नुभएको उच्चस्तरीय कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री दाहालले भने, “पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र सङ्कट आइसकेको छ ।” 

उनले यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले भने, “यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो ।” सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिनेमा उहाँको जोड थियो ।  

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नुपर्ने बताए । “मैले आफैँले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु । अब यसमा ढिला भइसक्यो । सम्बोधन गर्न सबै लाग्नुपर्छ,” उनले भने । 

प्रधानमन्त्री दाहालले आयोजना गरेको कार्यक्रममा महासचिव, एन्डोराका प्रधानमन्त्री, किर्गिस्तानका मन्त्री, भूटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायतले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएका थिए । 

यही मङ्सिर १४ गतेदेखि शुरु भएको कोप–२८ सम्मेलन मंसिर २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म चल्नेछ ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । 

उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डारहरू पग्लने अनुमान अध्ययनहरूले गरेका छन् । रासस

prachanda-uae-2080-08-16 (1).jpg
prachanda-uae-2080-08-16 (2).jpg
prachanda-uae-2080-08-16 (3).jpg
prachanda-uae-2080-08-16 (4).jpg
prachanda-uae-2080-08-16 (5).jpg
prachanda-uae-2080-08-16 (6).jpg
prachanda-uae-2080-08-16 (7).jpg
prachanda-uae-2080-08-16 (8).jpg
prachanda-uae-2080-08-16 (9).jpg
prachanda-uae-2080-08-16 (10).jpg
prachanda-uae-2080-08-16 (11).jpg
prachanda-uae-2080-08-16 (12).jpg
prachanda-uae-2080-08-16 (13).jpg
prachanda-uae-2080-08-16 (14).jpg
prachanda-uae-2080-08-16 (15).jpg
prachanda-uae-2080-08-16 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ