arrow

काम गरेर ०८४ मा छाती पिटेर भोट माग्न कांग्रेसका जनप्रतिनिधिलाई गगनको आग्रह 

logo
नारायण वली, 
प्रकाशित २०८० मंसिर १६ शनिबार
gagan-thapa-2080-08-16.jpg

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव जित्न मुद्दा बोकेर होइन काम गर्नुपर्ने बताएका छन् । बुटवलमा शुरु भएको प्रथम प्रदेश सम्मेलनको उद्घाटनमा बोल्दै पार्टीलाई सञ्चालन गर्न समीक्षा र संकल्प गर्दै गर्दा आमजनता र कार्यकर्ताहरुको भावनालाई बुझ्नुपर्ने बताए र 

उनले पछिल्लो समय जनतामा चरम निराशा छाएको, आक्रोश र पीडा दलहरुकै कारणले भएको भन्दै कांग्रेसका सबै प्रतिनिधिलाई काम गरेर देखाउन आग्रह गरेका छन् । 

उनले नागरिक रिसले रन्थनिएको भन्दै देशमा अनेकौँ समस्याका खाडल रहेको भन्दै यो समस्यालाई हल गरेर देश र जनतालाई सहुलियत र सहजता ल्याउनु पर्नेमा जोड दिए । 

तर केही दलहरुले मिसन–०८४ को नाममा सभा गर्दै आफूहरुले परिवर्तन ल्याउने भन्दै हिँडेकोले त्यो सभा र भाषणले कुनै परिवर्तन नल्याउने जनाउँदै २०८० देखि ०८४ सम्म नेपाली कांग्रेसले महत्त्वपूर्ण कामहरु गर्नुपर्ने उल्लेख गर्दै कांग्रेसलाई त्यो भन्दा अरु केही गर्न नपर्ने जनाए । 

हमासको बन्धकमा रहेका नेपाली युवा विपिन जोशीका बाआमालाई छोराको सकुशल उद्धार गरी ल्याउन कांग्रेस सम्मिलित सरकारले आभास दिलाउन सक्नुपर्ने बताउँदै उनले राजनीतिक दलको भूमिका निर्वाह गर्नुपर्ने जनाए । 

०४६ सालपछिका कुनै पनि दलका नेताहरुको सम्पत्ति शुद्धीकरण गर्ने गरी संसदमा कानून बनाएरै जान दलका नेताहरु तयार हुनुपर्ने जिकिर गर्दै महामन्त्री एवं सांसद थापाले देशमा अर्थतन्त्र कमजोर हुनुको कारणलाई समाधानतर्फ लाग्नुपर्ने बताए । 

बैंक, लघुवित्त, सहकारीबाट ऋण ल्याएर काम गरेका साना तथा ठूला उद्योगहरु आज बन्द हुन पुगेको भन्दै उनले उद्योगीहरु पीडित बन्न पुगेको स्मरण गराए । युवा जनशक्तिहरु दैनिक रुपमा विदेश पलायन हुँदै गएको भन्दै थापाले यस्तो अवस्थामा अब जनतासँग हात जोडेर भोट माग्ने होइन, छाती पिटेर भोट हाल्ने बनाउने गरी काम गर्नुपर्ने बताए । 

उनले कांग्रेसका प्रतिनिधिहरुले काम गरेर देखाएमात्र ०८४ को चुनावमा नमस्ते गरेर हैन छाती पिटेर हामीलाई भोट नदिए कसलाई दिन्छौ त ? त भनेर मतदातालाई भन्न सक्नुपर्ने बताए ।  

चुनाव जित्ने नाममा कुनै पनि मुद्धा बोक्यो भने त्यसले पार्टीको जित र नेताले जित्न नसक्ने जनाउँदै ०८४ मा हुने निर्वाचनमा कसैसँग गठबन्धन गर्न नहुने उनले स्पष्ट पारे ।  

उनले निर्वाचन प्रणालीलाई सुधार्न आवश्यक रहेको बताए ।

उनले सबै दलका शीर्ष नेताहरुलाई बिदा गरेर युवाले नेतृत्व लिनुपर्नेमासमेत जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ