arrow

२०२६ को विश्वकप पनि खेल्ने मेस्सीको इच्छा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
messi-argentina-final-qatar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले सन् २०१८ को विश्वकपमै बेहोरेको हारपछि संन्यास लिने लगभग तय गरेका थिए । उनले सोहीअनुसार कतिपय देशका खेल खेलेनन् पनि । 

तर उनलाई राष्ट्रले गुमाउन चाहँदैनथियो । अन्ततः उनले सन् २०२२ को विश्वप खेले र पहिलो पटक आफ्नै नेतृत्वमा उपाधि पनि दिलाए । सन् २०२२ को फाइनलमा पनि उनले संन्यासको घोषणा गर्ने भनेर सेमिफाइनल अगाडि नै चर्चा चलेको थियो । 

उनी आफैँले पनि त्यो विश्वकप अन्तिम भनेका थिए । 

तर अचानय यस्तो अवस्था आयो कि सन् २०२२ को विश्वकपमा मेस्सी सबैभन्दा बढी फर्ममा देखिए । उपाधि दिलाए र सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए । 

त्यसपछि उनले संन्यास लिने कुरो सेलायो । अहिले आएर अमेरिकाको इन्टर मियामीबाट व्यवसायीक फुटबल खेलिरहेका मेस्सीले २०२६ को विश्वकप खेल्ने इच्छासमेत व्यक्त गरेका छन् ।

उनले अमेरिकामा आयोजना हुने सन् २०२६ को विश्वकप खेल्ने इच्छा पहिलेको भन्दा अझ धेरै भएको बताएका हुन् । उनले आफ्नो प्राथमिकतामा अहिले कोपा अमेरिकाको उपाधि रक्षा गर्नुनै रहेकोसमेत प्रस्ट पारेका छन् । 

मेस्सीले सन् २०२६ को विश्वकप खेल्न चाहेको स्वीकार गरे पनि आफू कोपा अमेरिकाको उपाधि रक्षामै केन्द्रित रहेको बताएका हुन् । पछिल्लो एक अन्तर्वार्तामा मेस्सीले अर्जेन्टिनाका लागि आफू फुटबल खेल्न नछोड्ने बताएका हुन् । 

उनले भनेका छन्, ‘कोपा अमेरिकामा राम्रोसँग पुग्नु र प्रतिस्पर्धा गर्न सक्षम हुनु हो । हामी फेरि सधै जस्तै लड्ने छौँ र पहिलो हुने प्रयास गछौँ । त्यसपछि समयले बताउने छ कि म विश्वकपमा हुन्छु कि हुँदैन भनेर । त्यहाँ पुग्दा मेरो उमेर ३९ वर्षको हुनेछ । सामान्यतया यस उमेरमा विश्वकप खेल्न सकिदैन ।’ मेस्सीले भने, ‘यस्तो लाग्थ्यो कि विश्वकपपछि म संन्यास लिनेछु तर ठ्याक्कै उल्टो अब म पहिले भन्दा बढी त्यहाँ हुन चाहन्छु ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ