arrow

सांसद मोहन आचार्यको टोली भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
mohan-acharya-earthquake.jpg

जाजरकोट । नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् ।

यसै क्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद इन्जिनियर मोहन आचार्य पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिएका छन् । उनको नेतृत्वमा बिहीबारदेखि जाजरकोटको विकट क्षेत्र कुशे गाउँपालिका–७ धनराशिमा आवास निर्माणका काममा कांग्रेसका ३२ जनाको टोली खटिएको हो ।  

भूकम्पले क्षतिग्रस्त संरचना हटाउँदै शुक्रबारदेखि अस्थायी आवास निर्माणको कार्य शुरु गरिएको आचार्यले जानकारी दिए । भूकम्प पीडितका घाउमा थोरै भए पनि मल्हम लगाउन सकियोस् भनेर जाजकोटको विकट गाउँ धनराशिमा खटिएको उनको भनाइ छ । उनको नेतृत्वको सो टोली एक सातासम्म सो क्षेत्रमा भूकम्पपीडितका आवास बनाउने काममा लाग्ने जानकारी पनि उनले दिए । 

इञ्जिनियर आचार्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी अहिले तत्कालका लागि अस्थायी टहरा निर्माण गर्ने र यसका लागि स्थानीयस्तरमा उपलब्ध रहेका तथा आफ्नो समूहमा रहेका दक्ष जनशक्तिको प्रयोग गर्ने जानकारी दिए । 

आवास निर्माणका लागि आवश्यक र उपलब्ध रहेमा स्थानीय सामग्रीको प्रयोग गरिएको र उपलब्ध नरहेका अवस्थामा किलाकाँटी लगायतका सामग्री आफैँले ल्याई प्रयोग गरेको पनि बताए । 

विकट क्षेत्र र बाटोको सुविधा नभएकाले निर्माण सामग्र लैजानका लागि समस्या भएको उनले बताए । सांसद आचार्यले पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ