arrow

बुद्धिजीवीबाटै लोकतन्त्रमाथि खतरा

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर १८ सोमबार
krishna pahadi pro3.jpg

लुम्बिनी । लोकतन्त्र बहालीपछि देखिएको राजनीतिक कुसंस्कारदेखि पोलिसी क्ररप्सन ब्याप्त बढेकाले देशको अवस्था नाजुक बन्दै गएको बताइएको छ ।

सोमबार बुटवलमा आयोजित नागरिक सम्वाद कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचार अनियन्त्रित तरिकाले बढेको भन्दै अनुउत्पादक संघीयता खारेजीको विकल्प नभएको आवाज उठाए ।

मावन अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले आयोजना गरेको लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक सम्वाद कार्यक्रममा सहभागिहरुले बढ्दै गएको कूशासनले लोकतन्त्रसहित नेपालको संविधानसमेत खतरामा रहेको बताए । 

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको नागरिक सम्वादमा बोल्दै वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले भने, 'हामीले ल्याएको लोकतन्त्र, गणतन्त्र र संघीयता कस्तो ल्यायौँ जसले आज आमनागरिकमा निराशा छाएको छ ।' 

उद्योगी व्यापारी र जनताहरुलाई दैनिकी चलाउन गाह्रो भएको भन्दै उनले यस्तो परिस्थितlमा मानव अधिकार तथा शान्ति समाजले पुरानै विचार बोकेर हिँड्न नहुने सुझाउँदै समयको माग अनुसार योजना लिएर अगाडि बढ्नुपर्ने बताए ।

लेखक ऋषि आजादले आफू नेकपा एमालेको आस्थावादी भएको भन्दै जो कोही राजनीतिक दल होस् तिनीहरुकै कारण आज राजाले भारत र आदित्यनाथको दलाली गर्दै आएको जनाउँदै राजालाई ल्याउने चर्चा चलेको बताए ।

विभेद, वर्गको भागबण्डाका कुरामा विभिन्न राजनीतिक दलले गलत संस्कार चलाएकाले नयाँ तत्वको आगमन हुने खतरा बढेकोमा सचेत हुनुपर्नेमा जोड दिँरै राजन्तत्र आउँदैन, आउन दिन पनि हुँदैन भन्नेमा अडान राख्दै शान्ति समाजले सुशासनलाई अवलम्बन गर्दै गएकोप्रति धन्यवाद ज्ञापन गरे । 

'लोकतन्त्रको प्राण भनेको सुशासन हो । यसको उदयले देश र नागरिकको विकासमा छलाङ हुनेपर्नेमा त्यसो नहुँदा देशमा धर्म र संघीयता नाममा आउने आजावले सधै देशलाई अशान्तिमा रोमलिइरहन्छ', नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले दलहरुले सत्ता हत्याउन विभिन्न प्रोपोगन्डालाई अंगाल्ने प्रवृतिलाई बन्द गर्न आमनागरिकले विरोध गर्नुपर्ने उल्लेख गर्दै पुस्ता हस्तान्तरण नहुँदा युवाहरुमा वितृष्णा बढेको, संघीयता ठिक नभएको महंगी, भ्रष्टाचार, तस्करी जस्ता कुराले देशमा ब्याप्त बेथिति बढेकाले प्रादेशिक संरचनाको खारेजीका लागि शान्ति समाजले आवाज उठाउनुपर्ने र बेरोजगारका कारण जनशक्तिहरु दैनिक विदेश पलायन हुँदै गएकोमा गम्भीर बन्न सुझाव दिए । 

नेपालमा बुद्धिजिबीबाट ल्याइएको लोकतन्त्र आज त्यही बुद्धिजीवीबाटै खतरामा पर्दै आएको, जेष्ठ नागरिकको हकहितका लागि राज्यले कुनै प्रभावकारी नीति नल्याएकाले घरदेखि राजनितीक दलसम्म अपहेलित हुँदै गएको सम्वादमा बोल्ने जेष्ठ नागरिहरुको गुनासो थियो।

सामाजिक अभियन्ता रिता सेनले देशमा सुशासन नभएकाले नागरिकदेखि संविधान खतराको बाटोमा रहेकोले यसको दोष सबै राजनितीक दलकै रहेको बताइन्। 

प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोख्रेलले राजनीतिक दलको मति र नीति बिग्रिएकाले देशमा समस्या जटिल बन्दै गएको बताए। उनले संविधान नै नेपाली जनतामूखि नभएको र भारतको इसारामा चल्ने दलका कारण देशले मुक्ति पाउन नसकेको जिकिर गर्दै नेपालको हकमा संघीयता रहँदासम्म देश र जनताको उत्थान हुन नसक्ने भएकाले यहि संघीयताले नेपालको संविधान नै खारेज हुने खतरा बढेको ठोकुवा गरे ।

नागरिक समाज रुपन्देहीका सदस्य रामकृष्ण हमालले धर्म र संघियताका बारे शान्ति समाजको स्पष्ट धारणा के हो ? भन्ने प्रश्न गर्दै स्पष्ट पार्नुपर्ने जनाए।

दुर्गा प्रसाईंले गरेको आन्दोलनमा होमिने कि के गर्ने भन्ने दिन आएको, उक्त आन्दोलनमा महिलामाथि बलजफ्ती र महिला हिंसा भएको देखिँदा पनि किन मावव अधिकारीवादी संस्था खुलेर बोल्दैन ? लोकतन्त्रमा नागरिकले बोल्न र अभिव्यक्ती राख्न पाउनुपर्ने बेला एक हुले गरेको अन्यायमा बोल्न किन डराएको ? भन्दै जिज्ञासा राखे ।  

सदस्य हमालले भने, 'तत्कालीन समयमा राज्यको सुरक्षा निकायले रोल्पा, रुकुममा सेरा टु अप्रेशनको अवधारणा नचलाएको भए माओवादीमा जनता होमिने थिएनन्, त्यस्तैगरी अहिले प्रसाईंको आन्दोलनमा राज्यले त्यही दमन गर्न खोज्दैछ, त्यसले राम्रो परिणाम आउने देखिदैन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ