arrow

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषको सम्मान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
city-express-honour-2080-08-17.jpg

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान, कार्यक्रमकी प्रमुख अतिथी, शहरी विकास मन्त्री सीता गुरुङले हस्तान्तरण गरेकी हुन् । 

गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई रु ५ लाख रकम सहयोग गरेको थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई उक्त रकम सहयोग गरेको थियो ।  

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक  १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकरात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा चालु गरेको जनाएको छ ।
 



लोकप्रिय समाचार
नयाँ