arrow

जङ्गलको झाडीमा श्रीमानको शव लुकाउने श्रीमती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
hatya-murder.jpg

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । 

निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि घटनाका बारेमा प्रहरीमा खबर गरेका थिए ।
      
घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । 

प्रारम्भिक अनुसन्धानअनुसार निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ ।
    
श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । 

हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ