arrow

१६ वर्षपछि पेरुका पूर्व राष्ट्रपति जेलमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
peru-ex-president.JPG

काठमाडौँ । १६ वर्षपछिc पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । 

मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । 

संवैधानिक अदालतले मङ्गलबार "तत्काल रिहा" आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् । 
 
८५ वर्षीय फुजिमोरी साँझ ६:३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन् । 

रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।

केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ