arrow

सरकारको निर्देशिका बुझाइदिन भन्दै टिकटकले पठायो ईमेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
TikTok-logo-720.jpg

काठमाडौँ । चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई ईमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले ईमेल पठाएको हो ।

पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण गराइएको छ। टिकटकको ईमेलमा सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका बनाएकोमा प्रशंसा गरेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए ।

निर्देशिकाको प्रशंसा गर्दै लेखिएको पत्रमा यसबारे प्रस्ट पारिदिन उल्लेखसमेत गरिएको छ। निर्देशिकाको केही अनुसूची र बुँदाबारे बुझाइदिन भनिए पनि मन्त्रालयले तत्काल ईमेल नफर्काउने सुवेदीले बताए। 

अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जवाफ फर्काउन नमिल्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ