- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
कार्यालयको टोलीले गएराति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।
कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।