arrow

भारतीय कांग्रेस सांसद साहूको घरमा नोटको पहाड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
dirajprasad-hahu-india.jpg

नयाँदिल्ली । भारतमा आयकर छापा मारेर कांग्रेस सांसदको घरबाट १०० करोड ६० लाख भन्दा बढी नगद बरामद गरेको छ । 

उनको घरमा नोटको पहाड बरामद भएपछि अहिले भारतीय मिडियामा समाचार ब्यापक भएको छ । वास्तवमा यी कांग्रेस नेता झारखण्डका राज्यसभा सांसद धीरजप्रसाद साहू हुन् । 

धीरज तीन पटक राज्यसभा सांसद हुन् । कांग्रेस नेताबाट बरामद नगदको कुल रकम अझै पुष्टि भएको छैन तर स्रोतहरू विश्वास गर्ने हो भने बरामद रकम १०० करोड भारतीय रूपैयाँ भन्दा बढी छ, जुन नेपालीमा १ सय करोड ६० लाख रूपैयाँ हुन जान्छ । 

वास्तवमा, आयकर टोलीले बुधबार कांग्रेस राज्यसभा सांसद धीरज प्रसाद साहूको घरमा छापा मारेको थियो। टोलीले उनको ५ व्यवसाय र आवासीय स्थानमा छापा मारेको हो । लोहरदगा र राँची बाहेक आयकर टोलीले ओडिशाको बालांगीर, सम्बलपुर र कालाहांडीमा पनि छापा मारेको हो ।

राँचीको रेडियम रोडमा रहेको सुशीला निकेतनको घरमा छापा मारिएको हो । आयकर विभागका अधिकारीहरूले पनि राँचीको रेडियम रोडमा रहेको उनको घरमा काम गर्न आएका कामदारहरूलाई फिर्ता पठाएका छन । 

आईटी टोलीले लोहरदगाको निवासमा कागजातहरू पनि खोज्यो। यस अवधिमा कसैलाई पनि भित्र जान दिइएन । बिहानदेखि बेलुकासम्म आयकर विभागको टोली कागजपत्र छानबिनमा व्यस्त रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ