arrow

कांग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छ: शेखर कोइराला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
shekhar-koirala-new-08-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्नु नहुने बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए । 

उनले देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्ने कुरामा सोच्न जरुरी रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ