arrow

इरानले गर्‍यो १३ हजार अफगान आप्रवासी निष्कासित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
iran-map.gif

काठमाडौँ । इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ । 

खोरासान रजावीका सीमा सुरक्षा कमाण्डर माजिद शोजाइले १३ हजार २०४ "अवैध" अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासन गरिएको बताएका छन् । 

खामा प्रेसले उल्लेख गरे अनुसार शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा शोजाईले "अवैध" आप्रवासीहरूलाई निष्कासन गरिनु पर्नेमा जोड दिएका छन् ।
 
उनले "गैरकानूनी रूपमा देश प्रवेश गर्न चाहने वा गैरकानूनी रूपमा यहाँ बसिरहेका अफगान नागरिकहरूलाई पक्राउ गरी निष्कासन गरिने" बताएका छन् । 

पछिल्ला महिनाहरूमा इरान र पाकिस्तानबाट अफगान आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रियाले तीव्रता पाएको छ । 

हालै इरानका आन्तरिक मामिला मन्त्रीले चार लाख अफगानी आप्रवासीलाई देशबाट निष्कासन गरिएको घोषणा गरेका थिए ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका अनुसार इरानमा बसोबास गर्ने जनसङ्ख्याको ६ प्रतिशत अफगानी नागरिक छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ