arrow

लुम्बिनीको बजेट

बिचौली पोस्ने बजेटले विकासमा बाधा गरेको एमालेको आरोप

लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई बेथिति र मनपरीका बारेमा १३ ओटा प्रश्न

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर २५ सोमबार
lila-dilli1.jpg

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारलाई १३ प्रश्न सोधेको छ । सरकारले ७ महिनादेखि पूर्णता नपाएको र सरकार मातहतमा रहेका विभिन्न सार्वजनिक समितिहरुसमेत निष्प्रभावी बनेका बेला सोमबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बेथिति र मनपरीका बारेमा तेह्र ओटा प्रश्न सोधेको छ ।

प्रदेशमा कांग्रेस-माओवादी गठबन्धन सरकारका कारण बेथिति, विसंगति र मनपरी बढेको गम्भीर ध्यानाकर्षण जनाउँदै सरकारलाई प्रश्न सोधेर जवाफ माग गरिएको छ । एमाले संसदिय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीको नेतृत्वमा पुगेको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाएर जवाफ मागिएको थियो ।

एमाले लुम्बिनी संसदीय दलका नेता तथा तत्कालिन मुख्यमन्त्री लिला गिरीको नेतृत्वमा सोमबार एक टोली लुम्बिनी सरकारका मुख्यमन्त्री चौधरीलाई भेटेर उक्त ज्ञापनपत्र बुझाएको हो । एमाले लुम्बिनी प्रदेश ससंसदीय दलले वर्तमान सरकारको कार्य अपारदर्शी र असन्तुलित रहेको भन्दै सर्वत्र गुनासो चुलिएको, प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशासँगै आक्रोश बढ्दै गएको, ०७४ सालमा लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन तय गरिएका आधारहरुको कार्यान्वयन चरण शुरु गरिएको बेला सत्ता फेरिएसँगै योजनाहरुलाई अलपत्र पार्ने काम भएको, दीर्घकालीन कार्यक्रमहरुलाई गठबन्धन सरकारबाट रोक्ने काम भएको लगायत असन्तुष्टिहरु ज्ञापनपत्रमा उल्लेख गरेको छ । 

जसका कारण दिर्घकालिन योजनाहरु प्रभावित भएको, बजेट विनियोजन रोकिएको, खानेपानी, स्वास्थ्य क्षेत्रका बजेट पूर्वाग्रहीरुपमा कटौति गरिँदा नागरिकको अधिकारमाथि धावा बोलेका बताइएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री चौधरीले मंसिर समान्तसम्म बसेर यी विषयमा गम्भीररुपमा छलफलगरी समाधान गर्ने आश्वासन दिएका थिए । 

यस्ता छन् १३ प्रश्न 
- वर्तमान सरकारको कार्यशैलीका कारण जनतामा देखिएको निराशा, अन्यौल र आक्रोसको शिकार संघीयता कहिलेसम्म भइरहने ?
- योजना छनौट, बजेट विनियोजन र कार्यान्वयनमा पूर्वाग्रह र मनपरी किन ?
- किन बढिरहेछ बेथिति र मनपरी ?
- किन प्रभावकारी छैनन् सरकारका सार्वजनिक सेवा प्रवाह निष्प्रभावी ?
- प्रमुख प्रतिपक्षी दलसंग गरिएका सहमतिको किन कार्यान्वयन भएन ?
- संसदीय समितिहरुलाई किन पूर्णता दिइएको छैन् ?
- बेथिति र भ्रष्टाचारमा बारम्बार वर्तमान गठबन्धन सरकार नै किन जोडिन्छ ?
- क्रमागत योजनाहरुलाई किन निश्प्रभावी बनाइयो ?
- खानेपानीजस्तो अति संवेदशील योजनाहरु किन रोकिएका छन् ?
- विगत आव ०७८/०७९ को बाँकी बक्यौताको भुक्तानी हालसम्म किन भएन ?
- सरकार विस्तारका नाममा मन्त्रालयको संख्या बढाउने कुराले सुशासनको प्रत्याभूतिलाई कहाँ टेवा पुर्याउँछ ?
- लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था किन अलपत्र पारिएको छ ?
- बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका मन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसंग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिए ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ