arrow

गगन–शेखरबीच गम्भीर छलफल, संस्थापन इतरको बैठक बुधबार बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
shekhar-gagan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरका दुई नेताहरु महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच गम्भीर छलफल भएको छ । 

१४ औँ महाधिवेशनमा एउटै खेमा बनाएर चुनावमा उत्रिएका गगन र शेखरबीच पछिल्लो केही समयदेखि संवादविहीनताको अवस्था आएपछि कांग्रेसको संस्थापन इतर पक्ष कमजोर हुँदै आएको थियो । 

सोही विषयलाई मनन गर्दै दुई नेताबीच सोमबार गम्भीर छलफल भएको हो । यो गम्भीर छलफलको वातावरण कांग्रेसका अनुभवी नेता अर्जुननरसिंह केसीले मिलाएका हुन् । 

आफ्नै निवासमा डाकेर डिनर छलफल चलाएका केसीले छुट्टाछुट्टै हिँडेर कतै नपुगिने भन्दै संस्थापन इतर पक्षलाई बलियो बनाउनका लागि गगन–शेखर मिलेर अगाडि बढ्नु पर्ने भन्दै गम्भीर छलफल चलाएका हुन् । 

यो छलफलपछि गगन–शेखरको संवादविहीनताको अन्त्य भएको छ । साथै दुवैले मिलेर फेरि संगठित हुने सहमति गरेका छन् । 

शेखर कोइरालाले पछिल्लो केही समयदेखि गगनलाई बेवास्ता गर्दै आफैँ छलफल चलाउन थालेका थिए । 

उनको यो व्यवहारका कारण कतै संस्थापन पक्षबाट विशेष लाभ प्राप्त भइरहेको वा हुने आश्वासन पाएको आँकलन पनि गरिएको थियो । 

गगन–शेखरबीच दूरी बढ्दा संस्थापन इतर पक्षमा रहेका नेताहरुलाई संगठित हुन समस्या परिरहेको थियो । 

मंगलबार डाकेको बैठक बुधबारलाई सर्यो 
गगन–शेखरबीचको वार्ता सौहर्दपूर्ण रुपमा सकिएपछि शेखरले मंगलबारका लागि डाकेको बैठक बुधबारलाई सरेको छ । 

शेखरले गगनसँग सल्लाह नै नगरी नदिइ मंगलबारका लागि बैठक डाकेका थिए । जसका कारण उक्त बैठकमा सहभागी हुन अन्य नेताहरुलाई पनि अप्ठेरो लागिरेको थियो । 

तर दुवै नेताहरुबीच डिनर मिटिङमा गम्भीर छलफल भइ सहमति बनेसँगै अब एउटै अजेन्डामा कुराकानी गर्ने गरी बुधबार बैठक बस्ने भएको हो । 

कांग्रेसको आसन्न महासमिति बैठकका लागि शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै गर्दा त्यसअघि गगन–शेखर पक्षको बैठक बस्न लागेको हो । 

अनुभवी नेता केसीले यसअघि पनि असमझदारी हुँदा आफ्नै निवासमा डिनर वा लञ्च गराउँदै सहमतिमा ल्याउँदै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ