arrow

सत्ताधारीहरूमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता छ: मिनेन्द्र रिजाल [भिडियो]

गणतन्त्र सबैका बीचको एउटा आम चिज हो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
minendra-rijal-new.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरूमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताएका छन् । 

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताए । 

जनताको विचारलाई आम सञ्चारको रूपमा प्रचार गरे मात्रै पनि गणतन्त्रको रक्षा हुने उनको जिकिर थियो । उनले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको बताए ।

 बोल्ने शब्दहरू नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको बताए ।

उनले भने, ‘मलाई कसैले आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भनेर त्यसलाई ठोक्नुपर्छ भन्ने मानसिकता जुन सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन, त्यसरी गणतन्त्र आएको होइन । जनताको विचारलाई आम सञ्चारको रूपमा प्रचार गरे मात्रै गणतन्त्रको रक्षा हुन्छ । गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनुपर्दैन । गणतन्त्र सबैका बीचको एउटा आम चिज हो ।’

नेता रिजालले आफू २०६२-०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभई निरङ्कुशता अन्त्यको पक्षमा रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ