arrow

रुसमा राष्ट्रपतीय निर्वाचन अघि पुटिनका कट्टर आलोचक नभाल्नी बेपत्ता

रिहाइको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
putin-navalny.jpg

काठमाडौँ । रुसमा राष्ट्रपतीय निर्वाचनको सङ्घारमा रुसी विपक्षी नेता एलेक्सी नभाल्नी बेपत्ता भएका छन् । रसी कारागारमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी बेपत्ता भएका हुन् । 

उनका सहयोगीहरूले नभाल्नी बेपत्ता हुनुलाई पुटिनले आगामी मार्चमा पाँचौँ राष्ट्रपति कालका लागि निर्वाचन लडेर लामो शासन विस्तार गर्ने योजना बनाएको घोषणासँग जोडेका छन् । 

रुसी राष्ट्रपति पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिदैछन्  । रूसमा मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न संसदको माथिल्लो सदनले सर्वसम्मति गरेको छ  ।

सन् २०२० मा सोभियत युगको स्नायु एजेन्ट नोभिचोकको विषाक्तताबाट बाँचेका नभाल्नीले ‘चरमपन्थी’ र धोखाघडी लगायतका धेरै आरोपमा रुसी अदालतले दोषी ठहर गरेपछि १९ वर्षको कारागार सजाय भोगिरहेका छन् । 

अमेरिकाले नभाल्नीसम्म पुग्न वा उनको अवस्था थाहा पाउन सहयोगी टिमको असमर्थताप्रति ‘गहिरो चिन्ता’ रहेको भन्दै ‘हस्तक्षेप’ शब्द प्रयोग गरेकामा क्रेमलिनले मङ्गलबार वासिङ्टनको आलोचना गरेको छ । 

यता युरोपेली युनियन (ईयू) ले कारागारमा रहेका नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ । नभाल्नीका सहयोगीहरूले उनी बेपत्ता भएको बताएका छन् । 

उनको टिमका अनुसार कयौँ अदालती सुनुवाइमा उनी सहभागी भएका छैनन् । नभाल्नीका वकिलहरूलाई उनलाई कारागारबाट कुनै अज्ञात स्थानमा लगिएको बताइएको छ । 

“सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक खबर”, ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, “रुसको राजनीतिक नेतृत्व उनको कारागारमा सुरक्षा र स्वास्थ्यका लागि जिम्मेवार छ, यसका लागि उनीहरूलाई जबाफदेही बनाइने छ ।”

उनले नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ