arrow

साइबर सुरक्षा सम्बन्धी कानून बनाउँदै छौँः मन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
rekha-sharma-2080-04-03.jpg

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षा सम्बन्धी कानून बनाउन लागेको बताएकी छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानूनी र संरचनागत व्यवस्था गर्न जुटिरहेको बताएकी हुन् । 

उनले सरकारले जारी गरेको राष्ट्रिय साइबर सुरक्षा नीति अनुरुपको आवश्यक कानूनहरु, सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक, साइबर सुरक्षा, डाटा संरक्षण लगायतका विभिन्न कानूनहरु बनाउन लागिएको जानकारी दिइन् ।

 उनले नेपाल–भारत सिमानामा साइबर अपराधका घटना बढ्न नदिन दुवै देशका बीचमा आवश्यक समन्वय हुनुपर्ने बताइन् । यसका लागि दुई देशबीच साझेदारी पनि आवश्यक रहेको उल्लेख गरिन् । 

मन्त्री शर्माले अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि १ करोड ३१ लाख ५० हजार नागरिकको विवरण डिजिटाइजेशन गरिसकेको जानकारी गराइन् । 

त्यस्तै, ९ हजार ६ सय डिजिटल हस्ताक्षर वितरण गरिएको पनि उनले बताइन् । कागजरहित सरकारको विकास गर्नका लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली शुरु गरेको पनि उनले स्पष्ट पारिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ