arrow

अनिष्टबाट बच्यो भारतीय लोकसभा, जहाँ २२ वर्षअघि भएको थियो हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
india-parliament-security-2.jpg

काठमाडौँ । भारतको संसदमा एकपटक फेरि सुरक्षा चुनौती देखिएको छ । लोकसाभाको कारबाहीका क्रममा दुई युवक सदनमा घुसेका छन् । 

दुवै जना दर्शकदीर्घाबाट कुदेका छन् । दुवैलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको छ । बताइएअनुसार दुवै जना कामकारबाहीका क्रममा घुसेका हुन् । 

दुवै जना सांसदको नाममा लोकसेवा भिजिटर पासमा आएका थिए । 

सन् २००१ को डिसेम्बर १३ मा संसदमा हिउँदे अधिवेशन चलिरहँदा महिला आरक्षण विधेयकलाई लिएको भएको हंगामापछि स्थानीय समयअनुसार ११ः३० बजेको आसपास उपराष्ट्रपतिका सुरक्षा गार्ड उनी बाहिर आउने प्रतिक्षा गरिरहँदा सेतो एम्बेसडर कारमा आएको पाँच आतंकवादी संसदमा छिरेर सुरक्षा गार्डलाई मारेका थिए । 

सुरक्षा गार्डले उक्त कारलाई पिछा गर्ने क्रममा कार उपराष्ट्रपतिको कारसँग ठोक्किन पुग्छ । आतंककारीले अन्धाधुन्ध एके ४७ र हेन्डग्रेनेड चलाए । गार्डसँग केही थिएन । 

अन्ततः तत्कालीन गृहमन्त्री लालकृष्ण आडवाणीसहितका नेताहरु भित्र सुरक्षित रहेसँगै सुरक्षाकर्मीले पाँचै जनालाई मारेको थियो । 

त्यसको २२ वर्षमा फेरि आज संसदमा कुनै अप्रिय घटना हुनुअघि नै सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेको छ । 

त्यतिबेलाका मास्टरमाइन्ड अफजल गुरू, एसएआर गिलानी, अफशान गुरू र शौकत हुसैनलाई गिरफ्तार गरिएको थियो । सर्वोच्चले गिलानी र अफशानलाई सफाइ दिँदा अफजललाई सन् २०१३ को फेब्रुअरीमा फाँसी दिइएको थियो भने शौकत हुसेनको फाँसीको सजाय कम गरेर १० वर्ष कैद सुनाइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ