arrow

सशस्त्रका असई विक हत्या प्रकरणमा कोइरीलाई सफाइ, शर्मालाई जन्मकैद

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
laxmi-mahato-koiree-kp-oli.jpg
तस्बिर – फाइल, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कोइरी ।

धनुषा । सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिँदा लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ । 

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हो । 

श्रेस्तेदार नुतन झाका अनुसार न्यायाधीश भट्टराईको इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसूर गरेकोले जन्मकैद सजाय सुनाइएको हो । 

अन्य आरोपीलाई मुल्तबीमा राखिएको छ ।

कोइरीसहित २८ जनालाई कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा २०७२ फागुन २७ गते दर्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ