arrow

५५ किलो गाँजापछि २५ किलो चरेससहित दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
pakrau9.jpg

काठमाडौँ ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । 

पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।    
    
धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । 

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, “सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।”

साथै शनिबारै ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थियो । 

अमेरिकाबाट पार्सल गरी ल्याइएको उक्त गाँजा सुराकीका आधारमा विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ