एम्बुलेन्समा भेटियो साढे चार सय किलो गाँजा, चालक फरार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
275
Shares
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थितबाट प्रहरीले करीब साढे चार सय किलोग्राम गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा को१च ७३५९ नम्बरको एम्बुलेन्सलाई रोकी जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको ४४० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गाँजाको तौल ४४० किलोग्राम रहेको छ ।
गाँजा फेला परेपछि एम्बुलेन्स चालक तथा घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उक्त एम्बुलेन्स धरानस्थित बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रालिद्वारा सञ्चालन हुँदै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीले लागुऔषधको उत्पादन, सञ्चय, ओसारपसार, बेचबिखन तथा सेवन कानून अनुसार दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।