arrow

श्रीलंकाले अपराध विरोधी विशेष अभियान शुरु गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
corona-srilanka.jpg

काठमाडौँ । श्रीलंकाको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने भएको छ ।

सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले शनिबार सो अभियान बारे जनाकारी दिएका छन् ।

प्रहरी वरिष्ठ अधिकारीसँगको बैठकपछि मन्त्रीले लागुऔषध ओसारपसार र संगठित अपराधविरुद्ध कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिएका छन् । 

उनले लागु औषधजन्य अपराध र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सक्रिय सहयोग गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

नोभेम्बर २६ मा श्रीलंकाको प्रहरी, विशेष कार्य बल र सेनाले संयुक्त रूपमा कोलम्बोको उपनगरहरूमा छापा मारेर ४० जनाभन्दा बढी व्यक्तिहरूलाई गिरफ्तार गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ