arrow

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार ‘१० गुणा बढी पाउने’ विजेताको नाम घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
ctiy-express-2020-09-01.jpg

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ । 

र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफूले पठाएको रकम रू ५३,०७५ (अक्षरूपी त्रिपन्न हजार पचहत्तर) को १० गुणा गरेर रू ५,३०,७५० (अक्षरूपी पाँच लाख तीस हजार सात सय पचास) जित्न सफल भएका छन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मङ्सिर १५ गतेसम्म चल्ने गरी दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चलेका ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,०००,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप ), ४५ जनाले साप्ताहिक उपहार (जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भइसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको जनाएको छ ।
 



लोकप्रिय समाचार
नयाँ