arrow

बाबुको पुण्यतिथिमा किमले गरे क्षेप्यास्त्र प्रहार

अमेरिका र दक्षिण कोरियाले  उत्तर कोरियाली शासनको अन्त्य गर्ने चेतावनीकाबीच परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
kim-jong-un-bbc.jpg

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले पिताको पुण्य तिथिमा क्षेप्यास्त्र प्रहार गरेका छन् । 

आइतबार किमले उनका पिता तथा पूर्ववर्ती किम जोङ इलको निधन भएको मिति पारेर एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार प्रक्षेपण गरेका हुन् । 

इलको सन् २०११ डिसेम्बर १७ मा निधन भएको थियो ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला किमले प्रक्षेपण गरेको सोलको सेनाले जनाएको छ ।

“उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सोलका ज्वाइन्ट चिफ अफ स्टाफले भने ।

दुई मित्र राष्ट्रले शुक्रबार वासिङ्टनमा आणविक परामर्श दाता समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँगको द्वन्द्वको स्थितिमा आणविक प्रतिरोधका बारेमा छलफल गरेका थिए ।

उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो । उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।

गत महिना प्योङयाङले सैन्य जासुसी उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा स्थापित गरेको थियो । 

त्यसपछि उसले आकाशबाट आफ्नै प्रविधिले अमेरिका र दक्षिण कोरियाका प्रमुख सैन्य स्थलहरूको तस्बिर उपलब्ध गराइसकेको दाबी गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ