arrow

सिलिण्डर विस्फोट हुँदा तीन जनाको मृत्यु, १२ गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
Gas-Cylinder-blast.jpg
फाइल तस्बिर

काठमाडौँ । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा भवनमा सोमवार ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । 

साथै अन्य १२ जना गम्भीर घाइते भएको उद्धार सेवाले जनाएको छ । 

उद्धार संस्था ईधी फाउण्डेसनका एक अधिकारी सलमान नसीरले बताएअनुसार माछार कोलोनी क्षेत्रमा नयाँ ग्यास सिलिण्डर दुई तले आवासीय भवन मुनि रहेको सिलिण्डरको पसलमा सार्ने क्रममा दुर्घटना भएको हो । 

बिस्फोट लगत्तै भवन अचानक भग्नावशेषमा परिणत भएको थियो । 

स्थानीयहरूले तत्काल दुर्घटनास्थलमा फसेका मानिसहरूलाई उद्धार गरेको र उद्धारकर्मीहरूले १५ जनालाई बाहिर निकालिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ