arrow

कानून सबै बनाउन मन छ तर सम्बन्धित मन्त्रालय तयार भएन – धनराज गुरुङ

logo
हरि पन्त, 
प्रकाशित २०८० पुष ३ मंगलबार
dhanraj-gurung-2080-09-03.jpg

पोखरा । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आवश्यक कानून सबै बनाउन मन भए पनि सम्बन्धित मन्त्रालय तयार नभएको गुनासो गरेका छन् । 

संसदबाट थुप्रै कानूनहरु निर्माण गर्नुपर्ने भए पनि सम्बन्धित मन्त्रालयहरु तयार नहुँदा समस्या भएको उनले सुनाएका हुन् । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा भइरहेको प्रथम सम्मेलनमा बोल्दै उनले अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्ने बताए । 

उपसभापति गुरुङले राष्ट्रिय सभाका उम्मेदवारका विषयमा सम्मेलन नै गरेर छलफल चलाउन पनि आग्रह गरेका छन् । 

उनले केही नेता पद खाँदा खाँदा खाँदा वाक्क भएर पछि फेरि अर्को पद लिन खोजेको भन्दै आलोचना गरे । उनले सँगसँगै भएका पाका नेता गोपालमान श्रेष्ठलाई सम्बोधन गर्दै भने, ‘यो कुरा गोपाल दाइलाई भन्न खोजेको होइन है । उहाँलाई अब राष्टपति बनाउनुपर्छ ।’

गुरुङले यसमा महामन्त्रीद्धय पनि राजी हुनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ