arrow

तीस जनाको तरुण दलको टोली भूकम्प पीडितलाई टहरा बनाउन जाजरकोटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
tarun-dal-2080-09-03.jpg

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका पीडितहरुको लागि आवास निर्माण गर्न नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तरुण दल केन्द्रीय सदस्यहरु जाजरकोट गएका छन् । 

आवश्यक निर्माण सामग्रीहरु राखेर ६० देखि १०० ओटा आवास  निर्माण गर्ने लक्ष्यसहित  टोली जाजरकोट प्रस्थान गरेको हो ।

तरुण दल अध्यक्ष विद्वान गुरुङले साइतको पूजा गरी मुख्य सचिव ठान प्रस्ताव पोखरेलले माला लगाइदिएर लक्ष्यको सफलताको कामना गरी टोलीलाई बिदाई गरे । 

करिब ३० जनाको तरुण दल केन्द्रीय सदस्यहरुको टोली केन्द्रीय कार्यालयबाट जाजरकोट गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ