arrow

इरान आणविक सम्झौता पुनःस्थापित गर्न "सबै कूटनीतिक बाटो" खोज्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
Nuclear-center-Iran.jpg

काठमाडौँ ।  अन्तरराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) पुनःस्थापित गर्नका लागि "सबै उपलब्ध कूटनीतिक उपायहरू" अवलम्बन गर्नुपर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुखले सोमबार सुरक्षा परिषद्लाई आग्रह गरेकी छन् । 

राजनीतिक तथा शान्ति निर्माण मामिलाका लागि संयुक्त राष्ट्रसंघका उप-महासचिव रोजमेरी डिकार्लोले आठ वर्षअघि यो योजनाले ग्रहण गरेको आशा अहिले निराशामा परिणत हुँदै गएको बताएकी छन् ।

बैठकमा सहभागीहरू यसको भाग्य र भविष्यका लागि जिम्मेवार छन् तर यो योजना सफल हुन्छ वा विफल भन्ने कुरा विश्वका सबैका लागि अत्यन्त महत्त्वपूर्ण छ । विशेष गरी विश्वव्यापी सुरक्षाको वर्तमान खतरनाक मोडमा यसले विश्व शान्ति सुरक्षामा नयाँ तरङ्ह सृजना गरेको छ । इरानले सो योजना अन्तर्गत आफ्ना आणविक विषय सम्बन्धी प्रतिबद्धताहरूसँग असङ्गत कदमहरू उल्टाउनु पर्नेमा सबैको चासो देखिन्छ । 

संयुक्त राष्ट्रसंघले सहभागीहरूलाई अधिकतम संयम अपनाउन र योजनालाई पुनः स्थापित गर्नका लागि उपलब्ध सबै कूटनीतिक उपायहरू अवलम्वन गर्न आग्रह गर्न जारी राख्ने पनि उनले उल्लेख गरेकी छन् ।

 बैठकमा उनले विषयलाई समर्थन गर्ने 'काउन्सिल रिजोल्युसन' २२३१ (२०१५) को भागको रूपमा विकास गरिएका प्रतिबन्धात्मक उपायहरूसँग सम्बन्धित कार्यहरूको समीक्षात्मक विवेचना पनि प्रस्तुत गरेकी छन् । 

डिकार्लोले भनिन्- "महासचिवले अझै पनि जेसीपीओएले इरानी आणविक कार्यक्रम विशेष रूपमा शान्तिपूर्ण रहन सुनिश्चित गर्नका लागि उपलब्ध उत्तम विकल्प अवलम्बन गर्दछ भन्ने कुरालाई विचार गर्दछ।" 

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जेसीपीओएको प्रमाणीकरण र अनुगमनका विषयमा इरानले आफ्ना आणविक-सम्बन्धित प्रतिबद्धताहरूको पूर्ण पालनमा उदासीनता देखाएपछि विशेष चासो व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ