arrow

श्रीलंकाका विदेशमन्त्री चार दिने नेपाल भ्रमणमा आउँदै, यस्ता छन् कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
srilanka-foreign-minister-ali.jpg

काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री एमयूएम अली साब्री चार दिने नेपालको औपचारिक भ्रमणमा आज आउँदै छन् । 

उनले पुस ७ सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौँमा आयोजना हुने नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन् । 

संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले गर्नेछन् । 

साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा श्रीलंकाका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

 भ्रमण सकेर उनी पुस ७ गते काठमाडौँबाट कोलम्बो फर्कनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ