नेपाल–जर्मनी सम्बन्धमा मन्त्री खनाल र राजदूत भोल्जबीच छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २ बुधबार
731
Shares
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेका थिए ।