arrow

अमलेखगञ्जमा बस र ट्रक एकापसमा ठोक्किए : तीन जनाको मृत्यु, सात गम्भीर

२० जना सामान्य घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
accident-1.jpg

बारा । बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । 

कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३-००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बिहान एकापसमा ठोक्किएका थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार सो दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो । 

उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो । 

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । 

अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ